Need Help ?
Call: +977- 010560057

जिल्लाको बारेमा

स्वागत छ जिल्ला शिक्षा कार्यालय नुवाकेाटमा !!!

बाग्मती अञ्चलमा पर्ने नुवाकोट जिल्ला पूर्वमा सिन्धुपाल्चोक, पश्चिममा धादिङ, उत्तरमा रसुवा र दक्षिणतर्फधादिङ र काठमौं जिल्लाको बीचमा अवस्थित छ । ३ संसदीय निर्वाचन क्षेत्र, १३ इलाका, ६१ गा.वि.स. र १ नगरपालिका रहेको यस जिल्लाको उचाइ समुन्द्र सतहबाट ४५० देखि  ५१४४ मिटरसम्म रहेको छ । वृहत नेपालको एकीकरण अभियान शुरुवात भएको ऐतिहासिक स्थलको रुपमा रहेको नुवाकोट जिल्लामा ऐतिहासिक साततले दरबार, पृथ्वी नारायण शाहको देहावसान भएको देवीघाट पुरातात्विक धरोहरको रुपमा अध्यावधिक रहेको छ । जातीय, भाषिक, धार्मिक विविधता भईकन पनि सहिष्णुताको अनौठो संगम, अनन्त पर्यटकीय सम्भाव्यता भएको अनि नदीनाला झर्नाहरुको झरझरले सुमधुर ध्वनि तथा चराचुरूङगिको चिरविर आवाज एवं जंगली जन्तुहरुले नृत्य गर्ने पवित्र प्राकृतिक क्रिडाभूमिमा सजिएको सुन्दर जिल्ला हो नुवाकोट । यस जिल्लाको सदरमुकाम विदुर नगरपालिकामा रहेको छ ।

शैक्षिक प्रशासनको संगठनात्मक स्वरुपमा तल्लो निकायका रुपमा ७५ ओटै जिल्लामा एक एक वटा जिल्ला शिक्षा कार्यालयको स्थापना गरिएको छ । विद्यालय प्रशासन तथा सुपरिवेक्षण कार्यमा प्रभावकारिता ल्याउनका लागि प्रत्येक जिल्लालाई विद्यालय सङ्ख्या र भौगोलिक बनावटका आधारमा निरीक्षण क्षेत्रमा विभाजन गरिएको छ भने विद्यालय संङ्ख्याको आधारमा जिल्ला शिक्षा कार्यालयलार्य क, ख, ग र घ गरी चार वर्गमा विभाजन गरिएको छ । यस अनुसार जिल्ला शिक्षा कार्यालय नुवाकोट ग वर्गमा रहेको छ