Need Help ?
Call: +977- 010560057

जिल्ला शिक्षा अधिकारी

अर्जुन बहादुर श्रेष्ठ
(इकाइ प्रमुख)

शिक्षाको व्यवस्था आधारभूत मानव अधिकारको रुपमा व्यवस्थित भई प्रत्येक बालबालिकालाई गुणस्तरीय शिक्षाको प्रभावकारी व्यवस्था गर्नु आजको आवश्यकता हो । आजको एक्काइसौं शताव्दीमा

थप हेर्नुहोस

स्वागत छ शिक्षा विकास तथा समन्वय इकाइ नुवाकेाटमा !!!

बाग्मती प्रदेशमा पर्ने नुवाकोट जिल्ला पूर्वमा सिन्धुपाल्चोक र काठमाडौ, पश्चिममा धादिङ, उत्तरमा रसुवा र दक्षिणतर्फ धादिङ र काठमाण्डाै जिल्ला अवस्थित छ । दुइ  संसदीय निर्वाचन क्षेत्र, चार  प्रदेश सभा, दश गाउँपालिका र दुइ नगरपालिका रहेको यस जिल्लाको उचाइ समुन्द्र सतहबाट ४५० देखि  ५१४४ मिटरसम्म रहेको छ । वृहत नेपालको एकीकरण अभियान शुरुवात भएको ऐतिहासिक स्थलको रुपमा रहेको नुवाकोट जिल्लामा ऐतिहासिक साततले दरबार, पृथ्वी नारायण शाहको देहावसान भएको देवीघाट पुरातात्विक धरोहरको रुपमा अध्यावधिक रहेको छ । जातीय, भाषिक, धार्मिक विविधता भईकन पनि सहिष्णुताको अनौठो संगम, अनन्त पर्यटकीय सम्भाव्यता भएको अनि नदीनाला झर्नाहरुको झरझरले सुमधुर ध्वनि तथा चराचुरूङगिको चिरविर आवाज एवं जंगली जन्तुहरुले नृत्य गर्ने पवित्र प्राकृतिक क्रिडाभूमिमा सजिएको सुन्दर जिल्ला हो नुवाकोट । यस जिल्लाको सदरमुकाम विदुर नगरपालिकामा रहेको छ ।

 

 

थप हेर्नुहोस